छन्त्याल युवा संघ कास्कीमा नयाँ नेतृत्व
मौलिक संस्कृति जोगाउन देउसी– भैलोको तयारी
पाेखरा | असोज ७, २०७९
कास्की : नेपाल छन्त्याल युवा संघ कास्कीको अध्यक्षमा मोहन छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्लाको १२ औ साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनबाट मोहन छन्त्यालको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ समिति चयन भएका हुन् ।
सो समितिको उपाध्यक्षमा सुजन छन्त्याल चुनिए भने कुशलतापूर्वक कार्यसम्पादन गरेको भन्दै सचिवमा नवीन छन्त्याल निर्वाचित भए ।
यसैगरि सो समितिको कोषाध्यक्षमा मविना छन्त्याल चयन भइन् । भने सदस्यहरुमा राम छन्त्याल, ठम बहादुर छन्त्याल, चन्द्र बहादुर छन्त्याल, श्रीप्रसाद छन्त्याल, नितु छन्त्याल र रञ्जिता छन्त्याल चुनिएका छन् ।
सुबेदार धन बहादुर भलञ्जा छन्त्यालको नेतृत्वमा रहेको नेपाल छन्त्याल संघ कास्की र माया तथप्जा छन्त्यालको नेतृत्वमा रहेको महिला समिति भने सर्वसम्मत यथावत राखिएको युवा समितिका सचिव नवीन छन्त्यालले जानकारी दिए ।
उनका अनुसार छन्त्याल समाजले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा पोखरा ३ नदीपुरको आफ्नै खेलमैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
सोही अनुरुप यस वर्ष पनि तयारीमा जुटेको नवनिर्वाचित सचिव छन्त्यालले बताए । ‘हामीले हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो वर्षपनि हामीले मेला गर्ने भनेर तयारी छौं । के कसरी अझ ऐतिहासिक मेला गर्न सक्छौं भनेर कसरतमै लागिराछौं ।’
मौलिक संस्कृति जोगाउन देउसी– भैलोको तयारी
तिहारको अवसरमा गाउँघरमा खेलिने देउसी भैलोको संरक्षण गर्ने उद्देश्यले नवनिर्वाचित समितिले पोखरामै देउसी भैलो खेल्ने निर्णय गरेको सचिव छन्त्यालले बताए ।
पछिल्लो समय कला संस्कृतिको संरक्षणको नाममा विकृती बढेको बताउदै उनले मौलिकता झल्कने गरि देउसी भैलो कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । ‘हामीले आफ्नो समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले यो वर्षपनि देउसीभैलो खेल्ने निर्णय गरेका छौं, छन्त्यालले भने, ‘त्यसैले हामी सोही अनुरुप नै तयारी पनि थालेका छौं । यसले हाम्रो अस्तित्व र मौलिकताको संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्नेछ ।’
छन्त्याल युवा संघद्वारा आयोजित विभिन्न कार्यक्रममार्फत संकलित रकमको केही हिस्सा असहाय तथा बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

